देशकोे आन्तरीक मामीलालाई लीएर नाकाबन्दी नगरीयोस् : दाहाल

0
316

माघ १९, काठमाण्डौ। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले छिमेकी मुलुक भारतलाई नाकाबन्दी छिटो अन्त्य गर्न आग्रह गर्नुभएको छ ।
आज बिहान नेपालका लागि भारतीय राजदुत रञ्जित रे संग भएको भेटमा उहाँले आन्तरिक समस्या समाधानका लागि पहल भैरहेको भन्दै नाकाबन्दी नर्गन आग्रह गर्नुभएको हो ।
जवाफमा राजदूत रे ले नेपालकै राजनितिक दलहरुबीच सहमति भए नाकामा भएको अवरोध चाँडै अन्त्य हुने बताउनुभयो ।
दाहाल निवास लाजिम्पाटमा भएको भेटमा भारतिय नाकाबन्दी, मधेस आन्दोलन र दलहरुबीच भइरहेको छलफलका प्रगतिबारे बारे कुराकानी भएको उहाँको निजी सचिवालयले जनाएको छ । मधेस आन्दोलनमा सर्मथन जुटाउन आन्दोलनरत दलका शिर्ष नेताहरु बिहार लगायतका राज्यको भ्रमणमा रहेका बेला काठमाण्डौँमा राजदुत रे उच्चस्तरिय राजनिकि सम्न्वय समितिका संयोजक समेत रहेका दाहाललाई भेट्न उहाँकै निजि निवासमा पुग्नुलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।