नेपाली राजनीतिको ऐतिहासीक कालो दिन ।

0
366

आज माघ १९ गते । नेपालको राजनीतिक इतिहासमा आजको दिन प्रजातान्त्रिक शासन व्यवस्थाको अन्त्य गरी निरङ्कुश राजतन्त्रले सत्ता हत्याएको कालो दिनको रूपमा चिनिन्छ ।
दरबार हत्याकाण्डपछि राजगद्धी सम्हालेका ज्ञानेन्द्र शाहले शान्ति सुरक्षाको पुनःस्थापना र प्रजातान्त्रिक व्यवस्थालाई क्रियाशील बनाउने नाममा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई २०६१ माघ १९ मा अपदस्थ गरी आफ्नै अध्यक्षतामा मन्त्रिपरिषद्को गठन गरी शासन सत्ता आफनो हातमा लिएका थिए ।
यसैक्रममा द्वन्दरत माओवादी र सात राजनीतिक दलबीच २०६२ मङ्सिरमा ऐतिहासिक १२ बुँदे समझदारी भयो ।
यही समझदारी नै २ सय ३८ वर्ष लामो राजसंस्था अन्त्यको कारक बन्न पुग्यो ।
नागरिकको प्रत्यक्ष सहभागीतामा भएको जनआन्दोलन २०६२÷६३ ले राजसंस्थाको अन्त्य, संबिधानसभाको निर्बाचन, गणतन्त्रको घोषणा गरे पनि त्यसको संस्थागत बिकासमा दलहरुले उदासिना देखाउदाँ नागरिकमा निरासा छाएको छ ।
दोस्रो संबिधानसभाले संबिधान जारी र पहिलो शंशोधनले पनि राजनीतिक समस्या समाधान हुन नसक्दा नेपालीको जनजीबन कष्टकर भइरहेको छ ।
नेपालको संबिधानसभाले आफूले भने जस्तो संबिधान जारी नगरेको भन्दै भारतले नाकाबन्दी लगाउँदा नेपालीको जनजीबन कष्टकर भएको हो ।
दलहरुको बेमेलले राजनीतिक स्थिरता नआउने यथार्थ बुझेर पनि नेताहरु दलीय र ब्यक्तिगत स्वार्थबाट माथि उठ्न नसक्दा समस्या पेचिलो हुँदै गइरहेको टिप्पणी हुने गरेका छन ।