जिका भाईरसको उच्च जोखीममा नेपाल

0
380

काठमाडौ, २० माघ एजेन्सी । विश्वमै जिका भाइरसको सन्त्रास फैलिएका बेला नेपालमा पनि त्यसको जोखिम देखिएको छ । थाइल्याण्डमा समेत जिका भाइरस देखिएकाले नेपालमा थप जोखिम हुनसक्ने विज्ञहरुले बताएका छन् । तर नेपालमा रोग पहिचान गर्न सक्ने परीक्षण सुविधा उपलब्ध नभएकोमा बिज्ञहरु चिन्तीत छन् । यस्तो स्थितिमा मुलुकमा रोग संक्रमणको उच्च जोखिम रहेको विज्ञहरूले बताएका छन् । जिका भाइरस ‘पोलिमर चेन रियाक्सन (पीसीआर)’ को माध्यमले पहिचान गरिन्छ भने भाइरस रगतको नमुनाबाट छुटयाइन्छ । इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बाबुराम मरासिनीले पनि हाल विशेष खालको रगत जाँच्ने सुविधा उपलब्ध नरहेको बताउनुभयो । तर सजगता भने अपनाइने उहाँले बताउनुभयो । गर्भवती वा गर्भधारण गर्न चाहने महिलालाई हाल जिका भाइरस रोग प्रभावित क्षेत्र नजान उहाँको सल्लाह छ । विश्व स्वास्थ्य संगठन डब्लूएचओले जिका भाइरसविरुद्ध विश्वमा स्वास्थ्य आपतकाल घोषणा गरेको छ । सन् २०१५ को मे महिनामा ब्राजिलमा पहिलोपटक जिका भाइरस देखापरेको थियो ।