संघर्षमा माओवादी विद्यार्थीहरु

0
558

माघ २० काठमाण्डौ । तीन माओवादीका बिद्यार्थी संगठनले आज पेट्रोलियम पदार्थको अभाव, कालोबजारी तथा तस्करी नियन्त्रण गर्न सरकारलाई दवाव दिने उद्देश्यले आपूर्तिमन्त्री गणेशमान पुनलाई ज्ञापनपत्र बुझाएका छन् ।
भोलि नेपाल आयल निगमको केन्द्रीय कार्यलयमा प्रदर्शनसहित धर्ना दिने, २२ गते पेट्रोलियम पदार्थको मूल्यमा भएको समायोजनसंगै यातायातको भाडादरमा पनि समायोजन गर्न दवाव दिन भौतिक योजना तथा यातायात मन्त्रालयमा डेलिगेशनसहित ज्ञापनपत्र बुझाउने लगायतका दवाबमुलक कार्यक्रम रहेको छ ।
त्यस्तै माघ २४ गते देशभरका क्याम्पसहरुमा १ घण्टा प्रदर्शनसहित संयुक्त कोणसभा गर्ने, माघ २७ र २८ गते सरोकारवालाहरुसंग अन्तरक्रिया र फागुन १ गते प्रभातफेरी गर्ने लगायतका छन् ।
एकीकृत माओवादी, बैद्य माओवादी र विप्लव माओवादी सम्बद्ध अखिल क्रान्तिकारीका अध्यक्षहरुले संयुक्त बिज्ञप्ति निकाल्दै पेट्रोलियम पदार्थको अभाव, कालोबजारी तथा तस्करी नियन्त्रण गर्न सरकारलाई दवाव दिने उद्देश्यले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।विज्ञप्तिमा मुलुकको शिक्षा क्षेत्रमा देखिएको अराजकता र बेथिति नियन्त्रण गरिनुपर्ने, बिश्वबिद्यालयमा हुने राजनीतिक नियुक्ति खारेज गरिनुपर्ने लगायतको माग गरिएको छ ।
त्यस्तै माओवादी सम्बद्ध बिद्यार्थीहरुले काठमाडौं तराई जोड्ने फाष्ट ट्रयाकको निर्माण जिम्मा भारतीय कम्पनीलाई दिने सरकारी निर्णयको बिरोध पनि गरेको छ ।