धमेशी मोर्चा हिंस्रक : देउवा

0
527

काठमाण्डौ माघ २० । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आन्दोलनरत मधेसी मोर्चालाई हिंस्रक जत्थाको संज्ञा दिनुभएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले विज्ञप्ती निकालेर मधेशी मोर्चामा आवद्ध अराजनीतिक र हिंस्रक जत्थाले पार्टीका पूर्व महामन्त्री एवम् केन्द्रीय सदस्य विमलेन्द्र निधि लगायतका नेताको घरमा आगनजी गरेको घटनाको निन्दा गर्नुभएको छ ।
मोर्चाका कार्यकर्ताले अस्ति निधिको घरको पर्खाल भत्काई घरभित्र राखेको मोटरसाइकल आगजनी गरेका थिए ।
नेपाली कांग्रेसका सङ्गठन विभाग प्रमुख आनन्दप्रसाद ढुङ्गाना, केन्द्रीय सदस्य लीला कोइराला र सांसद् रामकृष्ण यादवको घरमा ढुङ्गामुढा गरी क्षती पु¥याएका थिए ।
विज्ञप्ती मार्फत नेता देउवाले पार्टीको अधिवेशनका सन्दर्भमा सञ्चालन भइरहेका विभिन्न कार्यक्रम बिथोल्न उद्दण्ड र अराजक समूहले गरेका गैरकानूनी र अराजक गतिविधिलाई तुरुन्त रोक्न र घटनामा संलग्नलाई कानुनबमोजिम कारबाही गर्न माग गर्नुभएको छ ।
यसैगरी महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानले पनि विज्ञप्ती निकालेर गएको साउन देखी मधेस केन्द्रित केही दलहरुले चलाएको आन्दोलन अराजकता तर्फ उन्मुख भएको भन्दै भत्सर्ना गरेको छ ।