एजेन्सी माघ २० । सामाजिक सञ्जाल याहुले नाफाको नयाँ उपाय अपनाउने भन्दै कम्पनीबाट आफ्ना १५ प्रतिशत कर्मचारी कटौती गर्दैछ ।
याहुले सन् २०१५ मा ४ अर्ब ३० करोड अमेरिकी डलर घाटा व्यहोरेको प्रतिवेदन सार्वजनिक भएपछि कर्मचारी कटौतीको निर्णय लिएको जनाइएको छ ।
उत्पादन तथा अनुसन्धानमा विशेष ध्यान दिनका लागि कर्मचारी कटौती गर्न लागेको याहुले जनाएको छ ।
याहुले एकीकृत रणनीतिक योजना अनुसार कर्मचारी कटौती गर्न लागेको बिबिसीले उल्लेख गरेको छ । १५ प्रतिशत कर्मचारी कटौती गर्दा याहुको कर्मचारी संख्या करिब नौ हजार मात्र हुने जनाइएको छ ।
आउँदा दिनमा याहुको सेवामा सुधार गर्ने कम्पनीका अधिकारीहरुले बताएका छन् ।