कप्तान रिजालले पाए क्लि चिट !

0
300

माघ २० । आईसीसीले नेपाली अन्डर–१९ क्रिकेट टोलीका कप्तान राजु रिजाललाई उमेर विवादमा क्लिन चिट दिएको छ । आइएसीसीले कप्तान रिजाल बढी उमेरको भएको कुनै प्रमाण नभएको भन्दै क्लिन चिट दिएको हो ।
भारत मुम्बईका क्रिकेटर कौतुभ पावरले नेपाली कप्तान राजु बढी उमेरको भएको दाबी गरेका थिए ।
यसबारे आईसीसीले औपचारिक प्रक्रिया दिँदै नेपाल क्रिकेट संघ क्यानले प्रतियोगिता अघि नै पेश गरेको राजुको कागजातमा उनी १९ वर्षभन्दा बढी भएको कुनै संकेत नदेखिएको जनाएको हो ।
आईसीसीलाई उपलब्ध गराइएको राजुको पासपोर्ट र जन्म दर्ता लगायतका कागजातको पनि अध्ययन गरिएको आईसीसीले जनाएको छ ।