ह्योल्मो समुदायलाई लाग्यो लोसार !

0
418

माघ २२ काठमाण्डौ , शेर्पा समुदायलाई पबित्र पर्व सोनाम लोसारले छोएको छ । आफ्नो समुदायको नयाँ बर्षको अवसरमा बिभिन्न कार्यक्रमहरु हुन थालेका छन् । यसै अवसरमा नेपाल ह्याल्मो वाईवा संघले राजधानीको जोरपाटीमा शुभकामना आदान प्रदान तथा संस्कृतीक कार्यक्रमको सम्पन्न गरेको छ । शेर्पा समुदायका अगुवा खेम्पु घेसे घिरिङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नयाँ बर्षको भित्ते पात्रो सार्वजनिक गर्नुका साथै बिभिन्न कलाकारहरुले शेर्पा संस्कृती जर्गेना गराउनुका साथै सहभागीहरुलाई मनोरञ्जन प्रदान गराएका थिए । शेर्पा समुदायको आफ्नै संस्कृतीक पहीचान जोगाउन पनि यस्ता कार्यक्रमले अहम् भूमिका खेल्ने कार्यक्रममा सहभागहिरुले धारण राखेका छन् ।sonamsona