जनकपुरमा आन्दोलन गर्नुको औचित्य छैन : निधि

0
511

जनकपुरधाम, २३ माघ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले जनकपुरमा आन्दोलन गर्नुपर्ने औँचित्य नभएको बताउनुभएको छ । नेता निधिले मधेस केन्द्रित दलको प्रमुख मागअनुसार जनकपुर मधेस प्रदेशमै आइसकेकाले मधेस प्रदेशमा आउन नसकेका भूभागका लागि आन्दोलन गर्न मोर्चा पक्षधरलाई सुझाउ दिनुभयो । मधेसमा दुई प्रदेशको प्रस्तावमाथि आफ्नो पूर्ण समर्थन रहेको निधीको भनाइ थियो । अहिले प्रदेश नं २ का अधिकांश जिल्लामा नेपाली काँग्रेसको अधिवेशन सम्पन्न भइसकेको र आन्तरिक कारणबाट स्थगित जिल्लामा समेत धमाधम अधिवेशन सम्पन्न भइरहेको उहाँले बताउनुभयो । यसै बिच गएराती धनुषा निर्वाचन क्षेत्र १ का नेपाली काँग्रेसका प्रतिनिधि राजेन्द्रप्रसाद यादवलाई अज्ञात समुहले गोली हानी हत्या गरेको घटना प्रति निधीले अपत्ति जनाउँनु भएको छ । उहाँले राजनीतिक आस्थाका आधारमा ब्यक्ति हत्या गर्नु निन्दनिय भएको भन्दै दोशीको पहिचान गरि तत्काल कारबार्हि गर्न सरकार सँग माग गर्नु भएको छ । जिल्लाको बालाबाखर –४ वैरीया टोल घर भएका अन्दाजी ४५ वर्षिय यादवलाई शुक्रबार राति करिब १० बजे गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । मृतक यादवको पेट, छाती र घाँटीमा गोली प्रहार भएको थियो । यादवलाई अज्ञात व्यक्तिले फोन गरी घर बोलाएर गोली हानी फरार भएको आफन्तले जनाएका छन् । उनको हत्या कसले र किन गरेको भन्ने पत्ता नलागेको प्रहरीले जनाएको छ ।