अशोक तीवारी बिरगञ्ज माघ २३ । संयुक्त लोकतान्त्रीक मधेसी मोर्चाका नेताहरुले संयुक्त बिज्ञप्ती जारी गर्दै नाकाबन्दी यथावत रहेको बताएका छन् । शनिबार बिहान जारी गरिएको बिज्ञप्तीमा मधेश आन्दोलनको माग सम्बोधन नभएसम्म नाकाबन्दी फिर्ता नहुने भन्दै दिउँसो २ बजेबाट पुनःनाकाबन्दी गर्ने जनाइएको छ । बिना सहमती प्रहरी र तस्करहरुले बलप्रयोगगरी नाका खुलाएको भन्दै आजबाट पुनः नाकाबन्दी गर्ने जनाएका हुन् । २ बजे लगत्तै नाका बन्दी गर्न मितेरी पुलमा हजारौको संख्यामा मोर्चाका कार्यकर्ता पुगेका छन् भने नाका बन्दी गर्न नदिन उत्तिकै संख्यामा जनपद प्रहरी र शशस्त्र प्रहरी परिचालन गरिएको छ । मोर्चाका कार्यकर्ताले नाका बन्दी गरी छाड्ने बताएका छन् भने प्रहरीले बल प्रयोग गर्ने जनाएको छ । जस्कोकारण मितेरी पुलमा झडपको खतरा बढेको छ । अहिले मितेरी पुलमा मोर्चाका कार्यकर्ता र प्रहरीको बाक्लो उपस्थिती रहेको छ ।
मोर्चाको बिज्ञप्तीमा केन्द्रीय तथा स्थानीय नेताहरुको हस्ताक्षर रहेको छ ।
पुरुपोत्तम झा तमलोपाका केन्द्रिय सदस्य ।
प्रेमचन्द्र प्र कुसवाह ।
प्रदिप यादव संघियसमाजबादी फोरमका जिल्ला अध्यक्ष ।
आत्माराम शाह संघियसमाजबादी फोरमकै केन्द्रिय सदस्य ।
इमदाद गबी,रामबर यादव,महमद सफित मियाँ,दर्मेन्द्र यादव द्धारा बिज्ञप्तीमा हस्ताक्षर गरिएको छ ।