धादिङका ९ विद्यालयलाई इजरायलबाट आयो ९ लाख सहयोग ।

0
761

माघ २३ । इजरायलमा कार्यरत नेपालीहरुले धादिङ जिल्लाका भुकम्पले क्षतिग्रस्त नौ विद्यालयहरुलाई मर्मत सम्भार र पुनर्स्थापनाका लागि आर्थिक सहयोग गरेका छन । उनिहरुले धादिङका नौ बिद्यालय पुननिर्माणका लागि ९लाख ७२ हजार नगद सहयोग जुटाएका हुन् ।
रोजगारीको सिलसिलामा इजरायल पुगेका नेपालीहरुले यस अघि नै भुकम्प पिडित सहयोग अभियान सन्चालन गरि चरणबद्ध रुपमा भुकम्पले अति प्रभावित विभिन्न क्षेत्रहरुमा सहयोग गर्दै आएका थिए । कर्मले संसारको जुनसुकै कुनामा पुगेपनि आफ्नो जन्मभूमि जन्मस्थानको सेवा गर्नु हाम्रो कर्तव्य हो भन्दै थालिएको सो अभियानमा संकलन गरिएको ९ लाख ७२ हजार रुपैयाँ रुपनाथ त्रिपाठी र पवन सिल्वाल मार्फत धादिङ जिल्लाका जिल्ला शिक्षा अधिकारी गणेश ढकाल मार्फत सम्बन्धित विद्यालयका प्रतिनिधिहरुलाई क्रमश १ लाख ८ हजारका दरले हस्तान्तरण गरिएको हो । kri
सहयोग प्राप्त गर्ने विद्यालयहरुमा श्री सातथर निम्न माध्यमिक विद्यालय सल्यानटार, श्री तिनकन्या प्राथमिक विद्यालय कल्लेरी, श्री शान्ति प्राथमिक विद्यालय सेम्जोङ, श्री सरस्वति प्राथमिक विद्यालय मूलपानी, श्री जलजले भञ्ज्याङ प्राथमिक विद्यालय खहरे, श्री सुन्दर प्राथमिक विद्यालय गजुरी, श्री जनसेवा निम्न माध्यमिक विद्यालय गोगनपानी, श्री मालिका प्राथमिक विद्यालय सलाङ र श्री सिमलगैरी निम्न माध्यमिक विद्यालय चैनपुर रहेका छन् ।
कार्यक्रममा इजरायलबाट प्राप्त सहयोग रकम विद्यालयहरुले सम्बन्धित उद्देश्यका लागि खर्च गरि प्रतिवेदन पेश गर्ने शर्त अनुसारको सम्झौतापत्रमा जिल्ला शिक्षा अधिकारीको रोहबरमा दुवै पक्षका बीच हस्ताक्षर समेत गरिएको छ गरिएको छ ।