मधेश आन्दोलन जनताको होईन जमिनदारको : नेपाल

0
725

पाल्पा, २४ माघ । नेकपा एमालेका वरिष्ठ नेता पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले तराईमा भइरहेको आन्दोलन मधेसी जनताको नभई केही जमिनदारको भएको बताउनु भएको छ ।  उहाँले मधेशआन्दोलन विदेशीको इसारा र आशीर्वादमा भएको धारणा राख्नु भयो । नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा अगाडी बढेको आरोप लगाउनु भएको छ । सरकार सञ्चालनका क्रममा अनुभव प्राप्त पार्टिका नेताहरुलाई वेवास्ता गरी अगाडी बडेकोले सरकारले काम गर्न नसकेको आरोप लगाउनु भयो । प्रेस चौतारी, पाल्पा शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टी अध्यक्ष ओलीले पार्टी केन्द्रीय कमिटी, पोलिटब्युरो तथा स्थायी समितिसँग सरकार सञ्चालनको विषयमा कुनै सरसल्लाह,  नगरेको आरोप लगाउनु भएको छ ।  सरकार सञ्चालनको चार महिनाको अवधिमा प्रधानमन्त्रीले सहमती जुटाउन नसकेको नेपालको भनाइ छ ।  सङ्घीय संरचनाको विषयमा अहिले भएको सात प्रदेशलाई चलाउन नहुने बताउँदै  जहाँ जस्तो जनताको भावना छ त्यहीअनुसार प्रदेश निर्माण भएको नेपालले दाबी गर्नु भयो ।