काँग्रेसको जिल्ला अधिबेसन आज

0
762
नेपाली काँग्रेश

काठमाडौँ, २५ माघ । नेपाली काँग्रेसले आज मुलुकभर जिल्लाको नयाँ नेतृत्व चयनका लागि सोमबार जिल्ला अधिवेशन हुँदैछ । काँग्रेसले ७५ वटै जिल्लाको अधिवेशन गर्न आजका लागि समय निर्धारण गरेको भए पनि तराईका केही जिल्लामा क्षेत्रीय अधिवेशन सम्पन्न हुन नसकेका कारण सोमबार करिब ६५ जिल्लामा जिल्ला अधिवेशन हुँदैछ । तराईका जिल्लामा मधेसकेन्द्रित दलको अवरोध र आन्तरिक विवादका कारण स्थानीय अधिवेशन हुन नसक्दा जिल्ला अधिवेशनमा ढिलाइ भएको छ । बाँकी रहेका जिल्लाहरुमा फागुन पहिलो सातासम्ममा अधिवेशन सम्पन्न भइसक्ने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । एक सय ९१ क्षेत्रमा अधिवेशनबाट क्षेत्रीय कार्यसमिति सहित दुई हजार २९२ महाधिवेशन प्रतिनिधि चयन भइसकेको काँग्रेसले जनाएको छ । काँग्रेसमा महाधिवेशन प्रतिनिधिले केन्द्रीय नेतृत्व चयन गर्ने भएकाले प्रतिनिधी बन्न ठूलो अभ्यास हुने गरेको छ । काँग्रेसमा ८५ केन्द्रीय समिति, २५ जनसम्पर्क समिति, १३ भ्रातृ र १७ शुभेच्छुक संस्था छन् । जिल्ला अधिवेशनमा एक सभापति, एक सचिव र एक कोषाध्यक्षको निर्वाचन हुन्छ । जिल्ला सदस्यको निर्वाचन क्षेत्रीय अधिवेशनबाटै हुन्छ भने बाँकी पदाधिकारी तथा सदस्य मनोनीत गर्ने बिधानमा ब्यबस्था गरिएको छ।