काठमाण्डौ माघ २४ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तयारी स्वरुप अर्थमन्त्री विष्णु पौडल भारत प्रस्थान गर्नुभएको छ ।
उहाँले गाढा मित्रता कायम गर्न र समृद्धिका लागि साझा क्षेत्रको पहिचान गर्ने आफ्नो भारत भ्रमणको मुख्य उद्देश्य रहेको बताउनुभयो ।
भ्रमणमा प्रस्थान गर्नुअघि त्रिभुवन विमानस्थलमा पत्रकारहरुसंग उहाँले प्रधानमन्त्री ओलीको निकट भविष्यमा हुने भारत भ्रमणमा बिकास र आर्थिक विषयमा केन्द्रित भएर छलफल गरिने जानकारी दिनुभयो ।
उहाँले दुई देशबीचको सम्बन्ध प्रगाढ, घनिष्ठ, जीवन्त, पारस्परिक लाभ र सहयोगमा आधारित तथा आजको युगको माग अनुरुप हुनुपर्छ भन्ने मान्यतामा सरकार रहेको बताउनु भयो ।