मह जोडीलाइ साम्दे शेर्पा स्मृती पुरस्कार

0
572

काठमाडौं माघ २५ । चर्चित हास्यकलाकार साम्दे शेर्पाको नाममा स्थापना गरिएको साम्दे शेर्पा स्मृती पुरस्कार मह जोडीलाई प्रदान गरिएको छ । संस्कृतीविद् सत्यमोहन जोशीले एक समरोहकावीच मह जोडीलाई पुरस्कार प्रदान गर्नु भएको हो । हिमालयन शेर्पा सांस्कृतीक केन्द्रले स्थापना गरेको साम्दे शेर्पा अक्षयकोषवाट अन्य विद्यामा समेत पुरस्कार वितरण गरिएको छ । साम्दे शेर्पा प्रतिभा पुरस्कारवाट हास्यकलाकार मनोज गजुरेललाइ सम्मानित गरियो भने पासाङ टी शेर्पालाई प्रदान गरिएको केन्द्रका अध्यक्ष लाक्पा शेर्पाले जानकारी दिनु भयो । मह जोडीलाई प्रदान गरिएको पुरस्कारको राशि ३१ हजार नगदको साथमा ट्रफी छ भने अन्यलाई १०१११ रुपैयाँका साथमा ट्रफी प्रदान गरियो । हास्यकलाकार साम्दे शेर्पाको नाममा स्थापना गरिएको कोषवाट बार्षिक रुपमा कलाकारितामार्फत समाजमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई प्रदान गरिँदै आएको छ ।