कंग्रेस सभापति कोईरालाको निधन

0
562
COPYRIGHTED

काठमाण्डौ माघ २६ । नेपाली काँग्रेसका पार्टी सभापति एवं पुर्व प्रधानमन्त्री शुशिल कोइरालाको गए राती १२.५० मा निधन भएको । लामो समय देखि क्यान्सरको उपचार गराईरहनु भएका कोइराला बिगत ३ दिन देखि चिसोका कारण दम बढेका कारण महाराजगञ्ज स्थित निवासमा आराम गरिरहनु भएको थियो । हिजो बिहान र रातीको खाना समेत नियमित खानु भएका कोईराला कसैलाई दुख नदिएर सबैबाट बिदा हुनु भयो । दम बढेपछि अस्पताल लैजाने तयार िगर्दागर्दौ निवासमै निधन भएको कोइरालाका चिकित्सक डा करबिरनाथ योगीले सञ्चार खवरलाई जानकारी दिनु भयो ।
कोइरालाको पार्थिव शरिरलाई बिहान ८ बजे सम्म निवासमा राखिएको थियो भने त्यस्पश्चात पार्टी कार्यालय सानेपामा राखने भएको छ भने दिउँसो १ बजे पछि सार्वजनिक श्रद्धान्जलीका लागि रगंशालामा राखिने नेपाली काँग्रेसले जनाएको छ ।
कोइरालाको निधन लगत्तै नेपाली काँग्रेसले आफ्नो जारी १३ औ महाधिबेसनका सम्पुर्ण कार्यक्रमहरु अर्को सुचना जारी नभए सम्मका लागि स्थगीत भएको जनाएको छ ।

कोईराला प्रति श्रद्धान्जली दिन प्रधानमन्त्री के पी शर्मा आली,मन्त्री परिषदका सदस्यहरु तथा उप राष्ट्रपति नन्द बहादुर पुन लगायतका ब्यक्तिहरु महाराजगञ्ज पुगेका थिए ।

COPYRIGHTED
COPYRIGHTED