स्व.शुशिल कोइराला’ दमसम्बन्धि क्रनिक अब्सट्रक्टिव पल्मुनरी डिजिज (सीओपीडी) समस्याले एक्कासी च्यापेपछि सबै सामु रहनु भएन। कोइराला परिवारको बिरासत थाम्दै १२ औं महाधिवेशनमा सभापति बन्नु भएका कोइरालाको जिवनको सबैभन्दा महत्व पूर्ण उपलब्धि भनेकै नेपाली जनताको प्रतिनिधीबाटै संविधान बनाउने सपना साकार गर्नु नै महत्वपूर्ण रह्यो । जुन, गिरिजाप्रसाद कोइरालाको जीवनको उत्तरार्धमा सुरु भएर थाति रहेको काम थियो । सन् १९३८ फेब्रुअरी ३ तारिखमा पिता बोधप्रसाद र माता कुमुदिनीका जेठा छोरा सुशीलको जन्म विराटनगरमा भएको हो । उनका ६ भाइ र एक बहिनी छन् । अविवाहित सुशील वन अधिकृतको सरकारी जागीरे रहेका बाबुसँगै नेपालगन्ज पुग्नु भयो र राजनीतिमा पनि त्यहीबाट स्थापीत हुनु भयो । पहिलो संबीधान सभामा नेपालगञ्ज क्षेत्र नं.३ बाट पराजित हुनु भएको कोईराला दोस्रो संबिधान सभामा चितवन ४ र नेपालगञ्ज ३ बाट आफुमात्रै बिजयी हुनु भएन सिंङगो पार्टीलाई नै ठूलो दल बनाउन सफल हुनु भयो । कोइराला २०७० माघ २७ गते नेपालको सर्बोच्च कार्यकारी पद प्रधानमन्त्री पदमा निर्वाचित हुनु भयो । सरकारको समिक्षा गर्ने हो भने सुन्य सहनसिलता र स्वच्छता कायम राख्न उहाँ नेतृत्वको सरकारले कुनै कसर बाँकी राखेन । तसर्थ उहाँ नेपालको राजनीतिक इतिहासका सफल प्रधानमन्त्री समेत बन्नु भयो । २०१० सालदेखि नै राजनीतिमा सक्रिय कोइराला २०३६ सालमा कांग्रेस केन्द्रीय सदस्य बन्नु भएको थियो। ०४२ सालको सत्याग्रहदेखि ०४६ र ०६२,६३ को आन्दोलनमा कोइराला सक्रिय हुनुहुन्थ्यो । पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालासँग निकट रहेर काम गर्नु भएका कोइरालाले पार्टी केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति, कार्यवाहक सभापति हुँदै पार्टीको सर्वोच्च पद सभापति बन्नु भएको थियो । पाटीका अन्य पदमा रहँदा कयौं पटक मन्त्री तथा लाभको पदमा जाने अवसरहरु आएका थिए तर पनि उहाँ कुनै पनि पदमा जानु भएन । शालीन र मृदुभाषी स्वभावका कोइराला निर्लोभी र त्यागी नेताको पहिचान स्थापीत गर्न सफल हुनु भयो । राष्ट्रियताको सवालमा कसैसँग सम्झौता नगर्ने उहाँको प्रतिबद्धता समेत पुरा भएको छ । वाक कला प्रखर नभए पनि उहाँको कार्यशैलीले जो कोहीलाई पनि मन पर्थे । उहाँ जस्तै नेता यो देशले पाउने छैन भन्ने धेरैको अनुमान रहेको छ । तसर्थ कोईरालाको निधनले काँग्रेशलाई मात्रै होईन सिंगो देशलाई ठूलो क्षति पुगेको छ ।