नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमनत्री शुशिल कोईरालाको सोमबार मध्यराती १२.५० मा निधन भएको खवर कँग्रेस जनमा रातारात फैलियो । सोमबार ६५ जिल्लामा काँग्रेसको जिल्ला अधिबेशन सम्पन्न गर्ने कार्यक्रम अनुसार धेरै जिल्लामा मतदान पछि मत गणनाको शिलशिला जारी रहेकै अवस्थामा पार्टी सुप्रिमोको निधनको खवरले सबै काँग्रेसीहरुलाई झस्कायो । अनलाईन सञ्चारहरुले सानै भए पनि कोईरालाको निधन भएको समाचार ब्रेक गरे बिश्व भर रहेका नेपालीहरु र काँग्रेशका भातृसंघहरुले सामाजीक सञ्जालमा शोक ब्यक्त गरे त्यतिबेला अधिकाँश नेपालीहरु मस्त निन्द्रामा थिए । मोवाइल र समाजिक सञ्जालबाट कोइरालाको निधनको खवर जानकारी पाउने बाहेक अधिकाँशले बिहानको पहिलो खवर नै कोईरालाको निधन भएको सुने । उज्यालो भए सँगे शुभेच्छुक,नेता कार्यकर्ता र सञ्चारकर्मीको बाक्लो उपस्थिती थियो कोइराला निवास महाराजगञ्जमा । सबै कोइरालाको ब्यक्तित्व र नेतृत्वको चर्चा गर्दै थिए । कोइरालाको पार्थिव शरिर गाडी पार्किङ गर्ने जस्ताको छाना मुनि राखिएको थियो । कोइरालाको जेठो छोरा जस्तै बनेर गणेशमान पुत्र प्रकाशमान बसेका थिए पार्थिब शरिर सँगै । अन्य नेताहरुको आवागमन क्रमश हुँदै थियो । राती देखि नै कोइराला निवास पुगेका नरहरी आचार्य कोइरालालाई हेर्दा हेर्दाै गंगाला अस्पताल भर्ना हुन पुगे । बिगतमा शिर्ष नेताहरुको निधनमा उनका निकटहरु आँसुको खोलो बगाउँदै रुन्थे भने यस पटक आँसु खसाल्ने कोही देखिएनन् । तसर्थ कोइरालाका पछाडी जो जो थिए लोभी पापीहरुमात्रै थिए की ?
कोइरालाको निधन र उत्पन्न प्रश्न ।
त्यहि भिडमा कोइराला जस्ता ब्यक्ति गुमाउनु काँग्रेसको लागि ठूलो क्षति हो,उनले देशको लागि मात्रै गरे आफ्नो लागि के नै गरे र ?
कोइरालाको आडमा राजनीति गर्नेहरुले अब के गर्लान् ?
कोइरालाको संरक्षणमा धन कमाउनेलाई कस्ले संरक्षण गरिदेला ?
कोइरालाको निकट हुनका लागि लड्नेहरु अब के गर्लान् ?
काँग्रेसको अबको नेतृत्व कस्ले लेला ?
संस्थापन पक्षमा बलियो र साझा मान्छे नै छैन ? किनकी शुशिल कोईरालाले उत्तराधिकारी नै जन्माउन भ्याएनन् । डा शशांक कोइराला,डा.सेखर कोइराला र सुजाता कोइराला अझै पार्ती सभापति भैहाल्ने हैसियतमा पुगेका छैनन् भने रामचन्द्र पौडेल आफ्नै घेरामा सिमीत रहेकाले अब संस्थापन पक्षबाट नेतृत्व गर्ने हैसियतमा नेता नै नभएको पनि कार्यकर्ता तहमा चिया गफ भएको सुनियो ।