कोइरालालाई श्रद्धान्जली दिन हजारौको भिड । (फोटा फिचर सहित )

0
718

माघ २६ काठमाण्र्डाै । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शुशिल कोईरालालाई हजारौं जनताले श्रद्धान्जली अर्पण गरेका छन् । दिउँसो १ बजेबाट कोइरालाको पार्थिव शरिरलाई श्रद्धान्जलीका लागी त्रीपुरेश्वर स्थित दशरथरँगशालामा राखिएको छ । कोइरालालाई राष्ट्रपति बिद्यादेबी भण्डारी,उपराष्ट्रपति नन्द बहादुर पुन,प्रधानमन्त्री के पी शर्मा ओली ६ जना उपप्रधामन्त्री,मन्त्रीहरु बिभिन्न राजनीतिक दलका शिर्ष नेता,बिदेशी कुटनीतिक नियोका नेपाल प्रतिनिधि तथा आम नागरीकले लाबद्ध भएर कोइरालालाई पुष्पगुच्छा अर्पण गरेका थिए । कोइरालाको पार्थिव शरिरलाई पार्टीकार्यालय सानेपा देखि त्रीपुरेश्वरसम्म ल्याउँदा हजारौ कार्यकर्ताले उहाँको योगदान स्मरण गर्दै नगर परिक्रमा समेत गराएका थिए । कोईरालाको भोली राजकिय सम्मानका साथ अन्त्यष्ठि गरिने भएको । अन्त्यष्ठि कार्यक्रममा भारतका बिदेश मन्त्री शुष्मा स्वराज लगायत छिमेकी देशका प्रतिनिधि समेत आउने नेपाली कँग्रेशले जनाएको छ ।

DSC00303 DSC00290 DSC00286 DSC00301