काठमाण्डौ माघ २६ । नेपाली काँग्रेसका स्व सभापति शुशिल कोईरालालाई श्रद्धान्जली दिएर त्रिपुरेश्वरबाट राष्ट्रपति निवास महाराजगञ्ज फर्कने क्रममा राष्ट्रपति बिद्यादेबि भण्डारी सवार कागेड ट्राफिक जाममा परेको छ । उहाँको सवारी सहिद गेट देखि रत्नपार्क पास गराउन सडकमा खटिएका प्रहरीलाई करिब ५ मिनेट लगेको थियो । राजधानीको खुल्लामञ्च र टुडिखेमा शोर्पा समुदायको महान पर्व सोनाम लोसारको बिशेष कार्यक्रममा हजारौं जनताको सहभागीताका भएका कारण ट्राफिक प्रहरीले नियन्त्रण गर्न नसक्दा राष्ट्रपति भण्डारी करिब ५ मिनेट ट्राफिक जाममा पर्नु भएको हो । राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति पुन,प्रधानमन्त्री ओली लगायत अधिकाँश बिशिष्ट ब्यक्तिहरुले आज ट्राफिक जामको समना गर्नु परेको हो । ठूलो संख्यामा प्रहरी परिचालन गरिएको भएपनि मानिसहरुको संख्या अधिक भएका कारण सडक पेटीमा हिंड्ने ठाँउ नहुँदा मानिसहरु सडक बाटै हिंडेका कारण राष्ट्रप्रमुखको सवारी समेत पहिलो पटक जाममा परेको हो ।अन्य समयमा राष्ट्रप्रमुखको सवारीका क्रममा सडक खाली गराउने गरिएको भए पनि आज भने पैदलयात्री र सवारी साधनलाई रोकीएको थिएन । राष्ट्रप्रमुख र सरका प्रमुखको सवारी जाममा परेको र यातायात ब्यबस्थित गराउन नसके पनि गृहमन्त्रालयले प्रहरीलाई कुनै प्रश्न गरेको छैन ।