भारतीय प्रधानमन्त्री मोदीले भने असल मित्र गुमायौं । स्वराज काठमाण्डौमा

0
525

काठमाण्डौ माघ २६ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनबाट भारतले एक असल मित्र गुमाएको बताउनुभएको छ ।
सामाजिक सञ्जाल ट्विटरमा समवेदना सन्देश दिँदै प्रधानमन्त्री मोदीले कोइरालाको निधनप्रति दुःख व्यक्त गर्दै यस समयमा कोइराला परिवार र नेपाली जनतालाई हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।
नेपालको राजनीतिमा लामो समय सेवा गर्नुभएका कोइरालाको निधनबाट नेपाली काँग्रेसले शीर्ष नेता र भारतले असल मित्र गुमाएको जनाउँदै उहाँले कोइरालाको सरलताले सबैलाई पाठ सिकाएको उल्लेख गर्नुभएको छ ।
यसैबिच कोइरालालाई श्रद्धाञ्जली दिन भारतीय विदेश मन्त्री सुष्मा स्वराज आजै दिउँसो साढे ४ बजे काठमाडौं आइपुग्नु भएको छ । स्वराज साँझ साँडे ८ बजे भारत फर्केने कार्यक्रम छ ।