नरहरी आचार्यको अवस्था जटिल !

0
517

काठमाण्डौ माघ २६ । नेपाली कांग्रेसका नेता नरहरी आचार्यलाई ब्रेन ह्यामरेज भएको छ ।
बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार गराइरहेका आचार्यको मष्तिष्कमा रगत जमेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएको नेपाली कांग्रेसले जनाएको छ ।
मस्तिष्कमा रगत जमेकाले उहाँको शरीरको दायाँ भाग शिथिल भएको छ । दायाँ भागमा प्यारालाइसिस जस्तो देखिएको भएपनि केही समयमा ठीक हुने चिकित्सकहरुल्ो बताएका छन् ।
सभापति सुशील कोइरालाको पार्थिव शरीरमा श्रद्धान्जली दिन नेता आचार्य बिहानै कोइराला निवास महाराजगन्ज पुग्नुभएको थियो । कोइराला निवासमै एक्कासी बेहोस भएपछि उहाँलाई अस्पताल बांसबारी स्थित गंगालाल अस्पताल लगिएको थियोे ।
उच्च रक्तचापका कारण आचार्यलाई ब्रेन ह्यामरेज भएको चिकित्सकले जनाएका छन् । उहाँको अवस्था जटिल र स्थिर रहेको चिकित्सकको भनाई रहेको छ ।