सुष्मा स्वराजद्धारा कोइरालालाई श्रद्धान्जली

0
734

काठमाण्डौ माघ २६ । भारतीय बिदेश मन्त्री सुष्मा स्वराज काठमाण्डौ आइ नेपाली काँग्रेसका सभापति शुशिल कोइरालाको पार्थिव शरिरमा श्रद्धान्जली अर्पण गर्नु भएको छ । स्वराज अन्तराष्ट्रिय बिमानस्थलबाट सिधै त्रिपुरेश्वर स्थित दशरथ रंगशाला पुगी कोइराला प्रति भारत सरकार र भारतिय जनताको तर्फबाट श्रद्धान्जली अर्पण गर्नु भएको हो । स्वराजसँगै काठमाडौं आएका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरी, जनता दल युनाइटेडका शरद यादव, आनन्द शर्मालगायतका नेताहरुले पनि कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
टोलीले मंगलबारै प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भेट्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरी राति ८ बजेको उडानबाट स्वराज नेतृत्वको टोली दिल्ली प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।