कोइरालाको राजकीय सम्मानका साथ २ बजे दाहसंस्कार गरिदैं,भतीज अतुलले दागबत्ति दिने ।

0
585

माघ २७ काठमाण्डौ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको राजकीय सम्मा र हिन्दू परम्परा अनुसार आज अन्त्येष्ठि गरिँदैछ। कोइरालाको आज पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न सरकारले सम्पुर्ण तयारी गरेको छ । कोइरालाको पार्थिव शरीरमा उनका भतिजा अतुल कोइरालाले दागबत्ती दिनेछन्। कोइरालाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गर्दै सरकारले आज सार्वजनिक विदा दिएको छ ।

उपत्यका बाहिर रहेका कांग्रेस नेता, कार्यकर्ता, आफन्त र सुभच्छुकहरु आउन ढिलो भएकाले कोइरालाको पार्थिव शरीर आज अपराह्न २ बजेसम्म श्रद्धाञ्जलीका लागि रंगशालामा राखिने र त्यसपछि रङ्गशालाबाट शवयात्रा गरी आर्यघाटमा पु¥याएर अन्त्येष्टि गरिने कांग्रेसले जनाएको छ।

कोइरालाको अन्तिमसंस्कार उनका परिवार र आफन्तको इच्छाबमोजिम हिन्दू परम्पराअनुसार नै गरिने छ।