सामाजीक सञ्जालमा कोइराला नै कोइराला ! क कस्ले के के भने ?

0
301

तपाइ सामाजीक सञ्जालको प्रयोग कत्ति को गर्नु हुन्छ ? यदि कमै मात्रामा समाजीक सञ्जालमा हुनु हुन्छ भने मंगलबार र बुधबार सबैसबैले आ आफ्नो वालमा एउटै ब्यक्तिको तस्विर राखे र शब्द शब्दमा स्मरण गरे । काँग्रेस जनहरुले बिभिन्न समयमा खिचिएका फाईल फोटो देखाउने मौकाको रुपमा पनि प्रयोग गरे भने कतिपयले आफ्नो गास खोसिएको देखि राजनीतिक भविश्यको पनि चिन्ता गरे । कतिपय कम्युनिष्टहरुले कोइरालाको निधनलाई बिबादित बनाउने प्रयास पनि गरिरहेका छन् त कति पयले पूर्वप्रधानमन्त्रीको निधन घरैमा भएको बिषयमा प्रश्न गरेका छन् । अधिकाँसले संबिधानका पिताको उपनाम लिएका छन त कतिपयले निष्ठावान र त्यागी नेताको उपमा दिएका छन त कतिपयले अभिभावक गुमाउनु परेको भन्दै पिडा पोखेका छन् । राष्ट्रपति बिद्यादेबि भण्डारीले देशले साझा र इमान भएको ब्यक्ति गुमाएको भनेकी छिन ।
प्रधानमन्त्री के पी शर्मा ओलीले देशले अभिभावक गुमाएको भन्ने प्रतिक्रिया दिए भने काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले असल र इमान्दार मित्र गुमाएको भनेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि असल मित्र गुमाएको भन्दै दुःख ब्यक्त गरेका छन् । एमाआबादिका अध्यक्ष प्रचण्डले भावुक मुद्रामा ढिलागरि प्रतिक्रिया दिँदै आफुले एक असल र राष्ट्रबादी राजनेता गुमाएको प्रतिक्रिया दिएका छन् ।
यसरी जनता र राजनीतिज्ञको प्रतिक्रिया सुन्दा लाग्छ शुशिल कोइराला शान्त,साँच्चै शुशिल र इमान्दारका पर्याय नै हुन । कतिपयले दोस्रो पटक प्रधामन्त्रीमा उठेको बिषयलाइ उनको कम्जोर पक्षकोरुपमा टिप्पणी गरेका छन् भने कति पयले उनको निधनलाई शँका समेत गरेका छन् । जे होस् कोइरालाको निधनबाट लाभ पुग्ने अनुमान गरिएका देखि काँग्रेसीको नाम निसाना देख्न र सुन्न समेत नचाहनेहरुले समेत कोइरालाको फोटो सहित शब्दिक श्रद्धान्जली अर्पण गरी सम्झिएका छन जस्ले समाजिक सञ्जाल नै कोइरालामय बनेको छ । कोइरालाको निधनका कारण सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना आदान प्रदान समेत रोकियो ।