सिरियालाई सहयोग नगर

0
228

      सिरीयाली सरकारलाई सहयोग नगर्न अन्तराष्ट्रिय शक्तिशाली राष्ट्रहरुले रुसलाई आग्रह गरेका छन् । संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदका १५ सदस्यीय मुसलुकहरुले सिरीयाली सरकारको समर्थनमा आक्रामक हमला नगर्न रुसलाई आग्रह गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अमेरिकी विदेशमन्त्री जोन केरीले एलिप्पो शहर क्षेत्रमा आपतकालिन अवस्था सिर्जना हुन सक्ने भन्दै सिरीयाली सरकारको पक्षमा हमला नगर्न आग्रह गर्नु भएको छ संयुक्त राष्ट्रसंघले पनि सिरीयाको एलिप्पो शहरमा भोकमरीको अवस्था उत्पन्न हुन सक्ने भन्दै चिन्ता व्यक्त गरिसकेको छ । विश्व खाद्य कार्यक्रमका कर्मचारीले पनि दोहोरो भिडन्तको अवस्था सिर्जना भए सो क्षेत्रका २ लाख जनता पानीवाट पनि वञ्चित हुने बताएका छन् । जर्मनीको शहर म्युनिखमा भोलि हुने वार्तामा सिरीयाको शान्ति वार्ताका बारेमा छलफल हुने जनाइएको छ । सो बैठकमा रुस, संयुक्त राज्य अमेरिका, साउदी अरव, इरान लगायतका प्रतिनिधिको सहभागिता हुने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।