नेपाल, बङलादेश भीड्दै

0
447

साग खेलकुद –
१२ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा नेपालले पुरुष फुटबलमा प्रतिस्पर्धा गर्दैछ । गुहाटीमा हुने खेलमा नेपालले पुरुष फुटबल टोलीले दिउँसो सवा दुई बजे बंङलादेशसंग प्रतिस्पर्धा गर्दैछ ।
प्रतियोगिताको महिला फुटबलमा नेपाली महिला टोलीले अहिले आयोजक भारतसंग प्रतिस्पर्धा गरिरहेको छ । यसैगरि आज नेपालले एथ्लेटिक्स, टेनिस, ह्याण्डबल र कबडीमा पनि प्रतिस्पर्धा गर्दैछ ।
प्रतियोगितामा नेपाल १ स्वर्ण, १२ रजत र १९ कास्यसहित कुल ३२ पदक सहित पाँचौ स्थानमा छ ।
प्रतियोगितामा नेपालबाट तिन सय ८७ खेलाडी सहित पाँच सय २२ सदसीय टोलीले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा आयोजक भारत १ सय १७ स्वर्ण सहित शिर्ष स्थानमा छ भने श्रीलंका २४ स्वर्ण सहित दोस्रो र पाकिस्तान ७ स्वर्ण सहित तेस्रो तथा बंङलादेश ३ स्वर्ण पदक सहित स्थानमा छ ।