प्रधानमन्त्रि तथा मन्त्रिपरिषदको नियमित बैठक बस्दैछ ।

0
686

प्रधानमन्त्रि तथा मन्त्रिपरिषदको नियमित बैठक बस्दैछ ।
प्रधानमन्त्रि निवास वालुवाटारमा साँझ ५ बजे बस्ने बैठकमा प्रधानमन्त्रि केपी शर्मा ओलीको भारत भ्रमण, मधेसी मोर्चासंगको वार्ता लगायत बिषयमा छलफल हुने छ ।
राजनितिक सहमतीका आधारमा बिभिन्न देशमा रिक्त राजदुत्त नियुक्तीका सम्वन्धमा पनि आजको बैठकमा छलफल हुने सिंचाईमन्त्रि उमेश यादवले जानकारी दिनुभयो ।
बैठकमा बिभिन्न मन्त्रालयगत एजेण्डका बिषयमा पनि छलफल गर्ने कार्यशुची छ ।
आफ्नो भ्रमणका सम्वन्धमा प्रधानमन्त्रि ओलीले यसअघि पुर्वप्रधानमन्त्रि, कुटनितिक नियोगका विज्ञ लगायतसंग गरेको छलफलका क्रममा प्राप्त सुझावबारे बैठकमा जानकारी गराउनुहुनेछ । ओलीको भारत पछि चिन भ्रमणको तयारी छ ।