आज देखि इन्धन सर्वसुलभ : निगम

0
657

माघ २९ काठमाण्डौ । नेपाल आयल निगमले आजदेखि काठमाडौ उपत्यकामा ईन्धन बिक्रिका लागि जोरबिजोर र लट प्रणाली खारेज गरेको छ ।
निगमले दैनिक साँढे ३ लाख लिटर पेट्रोल र साँढे चार लाख लिटर डिजेल सबै पेट्रोल पम्पहरुबाट बिक्रि गर्ने भएको हो ।
आपूर्ति सहज भएको निष्कर्ष निकाल्दै आजदेखि दैनिक साँढे ३ लाख लिटर पेट्रोल र साढे ४ लाख लिटर डिजल बिक्रि गर्ने निर्णय गरेको प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिनुभयो ।
मोटरसाइकल र स्कूटरहरुलाई एक पटकमा ५ लिटरभन्दा बढी पेट्रोल नदिइने प्रवक्ता घिमिरेले बताउनुभयो ।
यसैगरी चारपांग्रे गाडीहरुले एकपटकमा १५ लिटर पेट्रोल पाउने छन् । आयल निगमले पेट्रोलियम पदार्थ सहजै पाउने भने पनि कालोबजारी गर्ने क्र अझै रोकिएको छैन ।