राउटेका मुखिया र प्रधानमन्त्री बीच भेट

0
274

काठमाण्डौ माघ २९ । राउटे मुखियाहरुले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवटारमा बिहान भएको भेटमा उनीहरुले चाडवाड मनाउन सहयोग गरिदिन आग्रह गरे ।
जवाफमा प्रधानमन्त्री ओलीले आधुनिक जीवनशैली अपनाउन, जंगलबाट गाउँ÷सहरमा आउन आग्रह गर्नुभयो ।
अधुनिक जीवनशैली अपनाउनका लागि राउटेहरुलाई राज्यले सहयोग गर्ने प्रधानमन्त्रीले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
परम्परागत संस्कृतिको संरक्षण गर्दै जीवनशैलीलाई आधुनिक बनाएमा राउटेहरुको भविष्य सुनिश्चित हुने प्रधानमन्त्रीले बताउनुभएको उहाँका सहयोगीले जनाएका छन ।
प्रधानमन्त्री ओलीले तीनै जना राउटे मुखियाका परिवारलाई जुत्ता सहित कपडा दिनुभएको छ ।