सम्पदाको पुनःनिर्माण मंगलबार देखि ।

0
510

फागनु ३ काठमाण्डौ ।
सरकारले राष्ट्रिय सम्पदा र ऐतिहासिक धरोहरको निर्माणको काम भोलिदेखि थाल्ने भएको छ ।
पर्यटन परिषद्को बैठकले भोलि दिउँसो ४ बजे सुन्धारास्थित पहिले धरहरा भएको स्थानबाट राष्ट्रिय सम्पदा निर्माण अभियानको घोषणा गरेर सुरु गर्ने निर्णय गरेको छ ।
भूकम्पका कारण क्षतिग्रस्त राष्ट्रिय सम्पदा निर्माणका क्रममा सरकारले धरहरा निर्माण गर्न सार्वजनिक आह्वान गरेर निर्माण गर्ने निर्णय समेत गरेको छ ।
भूकम्प र नाकाबन्दीका कारण घटेको पर्यटन क्षेत्रलाई निर्माण अभियान सुरु गरी वृद्धि गर्ने निर्णय भएको हो ।