एकै बर्षमा ७ करोडको तेजपात उत्पादन

0
533

फागुन ३ उदयपुर । उदयपुरमा यसवर्ष झन्डै सात करोड बराबरको तेजपात उत्पादन भएको छ ।
मध्य पहाडी तथा पूर्वी पहाडी क्षेत्र र पश्चिमी पहाडी क्षेत्रमा व्यावसायिक रूपमा खेती गरिँदै आएको तेजपात उत्पादनमा वृद्धि भएको हो ।
पश्चिमी पहाडी क्षेत्रको सिरिसे, हर्देनी, मयङ्खु, तावाश्री क्षेत्रमा यसवर्ष तेजपात उत्पादनमा वृद्धि भएको जिल्ला वन कार्यालय उदयपुरले जनाएको छ ।
जिल्लाको मध्य पहाडी गाविसको डुम्रे, मुर्कची, साउने, खाँबु र भुटार क्षेत्रमा पनि राम्रो मात्रामा तेजपात उत्पादन भएको छ ।
कटुञ्जे बबला, सिद्धिपुर र चौदण्डी क्षेत्रमा पनि राम्रो तेजपात उत्पादन भएका कारण जिल्लामा कुल ७ करोड बराबरको तेजपात उत्पादन भएको जिल्ला वन कार्यालय उदयपुरले बताएको छ ।
उदयपुर जिल्लामा २५० हेक्टर क्षेत्रफल जग्गामा उत्पादन हुँदै आएको छ ।