काठमाण्डौ फागुन ४ । नेपाली काँग्रेसका वरिष्ठ नेता शेर बहादुर देउवा आफ्नै गृह जिल्ला डडेलधुरामा पराजीत भएका छन् । सम्पन्न जिल्ला अबिधेशनमा संस्थापन पक्षले प्यानल सहित बिजय हासील गरे पछि गृह जिल्लाबाटै हारको सामना गर्नु परेको हो । डडेलधुराको जिल्ला अबिधेशनमा देउवाले आफ्ना यस म्यान रघुविर भट्ठलाई सभापति बनाउन नसके पछि उनले हार ब्यहोर्नु परेको हो । संस्थापन पक्षका कर्ण बहादुर मल्लले देउवाका यस म्यान भट्ठलाइ २ मतको झिनो अन्तरले हराए पछि डडेलधुरा काँग्रेसमा देउवा पक्षले इन्ट्री समेत गर्न पाएनन् । मल्लले १५६ मत ल्याएका थिए भने भट्ठले १५४ मत पाएका थिए ।
जिल्ला अबिधेशनको संघारमा महिला संघको सभापतिमा देउवा पत्नि आरजु राणाले आफ्ना उमेद्धार मानु कुमारी थापालाई जबरजस्त बनाउन खोजे पछि सुरु भएको बिबाद नै हारको मुख्य कारण भएको देउवा पक्षको निष्कर्ष रहेको छ । महिला संघको अध्यक्षमा पनि संस्थापन पक्षका कमला विष्ट सभापति बन्न सफल हुनुले देउवाको गृह जिल्लाको राजनीति कम्जोर भएको प्रमाणीत हुन्छ । जिल्ला कार्यसमिती आफ्नौ पक्षमा ल्याउन देउवा नेतृत्वले १ करोड भन्दा बढि रकम खर्च गरेको संस्थापन पक्षले आरोप लागएका छन् ।
पहिलो कार्यकालमा सर्वसम्मत सभापति बनेका कर्ण बहादुर मल्ल दोस्रो कार्यकालका लागि पनि निर्वाचीत भए पछि देउवा निरास बनेका छन् ।