बिभिन्न ठाउँमा सवारी दुर्घटना

0
325

काठमाण्डौ फागुन ५ । धनकुटाको लेगुवा स्थित भित्रि सडक खण्डमा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।
को.१ त ४७ ८९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडक छेउमा पल्टेर दुर्घटना हुँदा सह–चालक २३ वर्षका सागर चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा ट्याक्टर चालक रोहित पुरी घाइते भएको र उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र लेगुवामा लगिएको प्रहरीले जनाएको छ ।
यसैगरी उदयपुरको बेतिनी रुपाटार सडक खण्डमा जिप दुर्घटनामा हुदा एक जनाको मृत्यु भएको छ । चार जना घाईते भएका छन् ।
कटारीबाट रुपाटारका लागि छुटेको ग १ ज ४६ १६ नम्बरको बोलेरो जिप दुर्घटनामा लिम्पाटारका तेजबहादुर कार्कीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारिले जनाएको छ।
लिम्पाटार ४ का हरीबहादुर खत्री, थिरबहादुर बस्नेत, सिरिसे १ का राजकुमार बुढाथोकी र कृष्णकुमारी बुढाथोकी घाईते भएका छन ।
जीप सडकबाट ३ सय मिटर तल खसेर रुखमा अड्किएको प्रहरीले जनाएको छ ।
यसैगरी, नारायणगढ–बुटवल सडक खण्ड कावासोतीको खरकट्टा जंगलमा आज तीन वटा बस ठोक्किँदा १६ जना घाइते भएका छन् ।
ईलाका प्रहरी कार्यालय कावासोतीका अनुसार नारायणगढबाट डण्डाका लागि छुटेको ना २ ख ७९ ०८ नम्बरको बस, नारायणगढ बुटवल चल्ने ना ५ ख ५० ०६ नम्बरको बस र अर्किड कलेज भरतपुरको ना १ ख ४८ ०० नम्बरको बस ठोक्किदा दुर्घटना भएको हो ।
दुर्घटनामा परि घाइते भएकाहरु मध्ये चार जनालाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ ।