कुबेतमा अधिकार बिहिन बन्दै नेपाली

0
522

एजेन्सी फागुन ५ । कुबेत सरकारले आफ्नो देश भित्र नेपालीको कार्यक्रम गर्न प्रतिबन्ध लगाएको छ ।
नेपालीको कार्यक्रमबाट कुबेतको शान्ति सुरक्षामा दखल पुगेको भन्दै नेपाली समुदायको कार्यक्रम रोक्न दुताबासलाई अनुरोध गरेको छ ।
नेपालीको कार्यक्रममा आपसी झगडाको साथै घरेलु हातहतियारबाट आक्रमण हुन थालेपछि कार्यक्रम गर्न रोक लगाउनु परेको कुबेतको प्रष्टोक्ती छ ।
दुताबासले विज्ञप्तिमा निकालेर कुबेतको शान्ति सुरक्षा कायम गर्ने कार्यमा प्रतिकुल प्रभाब परेकोले नियन्त्रण गर्ने बारेमा कुबेत सरकारले कार्यक्रमलाई अबिलम्ब रोक्न अनुरोध गरेको जानकारी दिएको छ ।
नेपाली दुताबासले अटेर गर्दै कार्यक्रम गरे कुबेतको कानुन अनुसार कारबाही हुने भन्दै नेपाली समुदायलाई सचेत बनाएको छ ।