राजनीतिक संयन्त्रबनाउनु गलत महतो

0
544

सुनसरी फागुन ५ । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तोले प्रदेश सीमाङ्कनबारे बिबाद समाधानका लागि गठन गर्न लागिएको राजनीतिक संयन्त्रमाथी प्रश्न उठाउनुभएको छ ।
सुनसरीको एक कार्यक्रममा सहभागि हुन जाने क्रममा विराटनगर विमानस्थलमा पत्रकारसँग महतोले गठन गर्न लागिएको राजनीतिक संयन्त्रको कुनै औचित्य नरहने टिप्पणी गर्नुभयो ।
दलका ठूला नेता सम्मिलित राजनितिक संयन्त्र बन्दैमा समस्या सावधान हुनेमा विश्वस्त रहन नसक्ने भन्दै उहाँले ठोस र परिणाममुखी नजिताका लागि अहिलेकै कार्यदलले पनि काम गर्न सक्ने बताउनुभयो ।
प्रहरी प्रशासनको धरपकड नरोकिएको, मुद्दा चलाउने, घाइतेको उपचार, मृतक परिवारलाई क्षतिपुर्ति लगायतका कुरा नभएको आरोप लगाउँदै महतोले संयन्त्र निर्माण गरेर सरकारले षड्यन्त्र गर्न खजेको हो की भन्ने शंका ब्यक्त गर्नुभयो ।