प्रधानमन्त्रीकोे भारत भ्रमणको एजेण्डा तय हुदै

0
486

काठमाण्डौ,फागुन ६ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको एजेण्डालाई अन्तिम रुप दिन मन्त्रीपरिषद बैठक बसीरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा भोलि हुने भारत भ्रमणको तयारीबारेमा छलफल भइरहेको जनाईएको छ । प्रधानमन्त्री ओलि भोलि ४६ सदस्यीय टोलीका साथ भारतको ६ दिने औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ।
त्यस्तै मन्त्रालयगत एजेण्डामा पनि छलफल हुने जनाईएको छ। यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सम्मान र गरिमा बढ्ने गरी प्रस्तुत हुन भ्रमण टोलीका सदस्यहरुलाई आग्रह गर्नुभएको छ । भ्रमण दलमा सहभागी सदस्यहरूलाई आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा निर्देशन दिँदै उहाँले आफ्नो भारत भ्रमणका क्रममा दुई देशबीच बिग्रिएको सम्बन्धलाई समझदारीमा फर्काउने विषयलाई प्राथमिकतामा राखिने बताउनुभयो । भारत सरकारले यस भ्रमणलाई विशेष महत्व र गम्भीरताका साथ लिएकाले दुई देशबीचको सम्बन्ध सुधारमा नयाँ आयाम थपिने प्रधानमन्त्री ओलीको विश्वास छ । छलफलमा सहभागी उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले भ्रमणको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । प्रधानमन्त्री ओली भोलि भारत भ्रमणमा जाँदै हुनुहुन्छ ।