औपचारीकतामा सिमीत प्रजातन्त्र दिवस

0
296

फागुन ७ काठमाण्डौ । आज ६६ औँ प्रजातन्त्र दिवस, देशभर औपचारीक कार्यक्रम गरी मनाइँदै छ ।
विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा देशभर दिवस मनाउन लागिएको हो ।
सरकारले काठमाडौको टुँडिखेलमा बिहान आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले सङ्घर्षबाट जहानियाँ निरङ्कुश शासनको अन्त्य गर्दै प्रजातन्त्र प्राप्त गरेको ऐतिहासिक दिनको उपलक्ष्यमा नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले नयाँ संविधानले समस्त वर्गको हक अधिकार र पहिचानलाई संस्थागत गरेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले २००७ सालमा जनताले गरेको संघर्षको परीणामका कारण संविधानसभाबाट जनप्रतिनिधीबाट लेखिएको संविधान जारी भएको बताउनुभयो ।
समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख ओनसरी घर्ती, प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, कुटनीतिक नियोगका प्रतिनिधि, सरकारका उच्च पदस्थ पदाधिकारी लगायत विशिष्ट व्यक्तिहरुको सहभागिता थियो ।
समारोहमा विभिन्न झाँकी, सास्कृतिक लगायत कार्यक्रम प्रस्तुत भएका छन् ।
दिवसका अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।
यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले दिबसको अबसरमा शुभकामना दिंदै जारी सन्देशमा संविधानको कुशल कार्यान्वयनले नै प्रजातन्त्र स्थापना लागि ज्यान दिएका शहिदको योगदानको उच्च कदर गर्न सकिने उल्लेख गर्नुभएको छ ।
त्यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले २००७ सालको जनआन्दोलनमार्फत सार्वभौम नेपाली जनताको अजेय शक्तिले निरङ्कुश राणा जहानियाँ शासनलाई घुँडा टेकाएको आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनका रुपमा अङ्कित रहेको बताउनुभएको छ ।