अडियो भिडियो मार्फत नै एसएलसी

0
549

काठमाण्डौ फागुन ७ । शैक्षिक जनशक्ति विकास केन्द्रले एसएलसी दिने विद्यार्थीका लागि छ वटा विषयको पुस्तकको अडियो भिडियो बनाएर विद्यालयलाई वितरण गर्दैछ ।
अङ्ग्रेजी, गणित र विज्ञान विषयका पाठलाई अडियो, भिडियो बनाएर रेडियो नेपाल र नेपाल टेलिभिजनबाट प्रसारण गर्दै आएको केन्द्रले आउँदो वर्षदेखि सबै विषयको अडियो भिडियो सामग्री तयार पार्ने भएको हो ।
शैक्षिक जनशक्ति विकास केन्द्रका कार्यकारी निर्देशक सूर्यप्रसाद गौतमले कक्षा १० को अङ्ग्रेजी, विज्ञान, गणित, नेपाली, सामाजिक, जनसङ्ख्या तथा वातावरण विषयका सबै पाठको अडियो, भिडियो बनाएर सिडीमार्फत सबै सामुदायिक विद्यालयलाई वितरण गर्ने बताउनुभयो ।
कुन कुन पाठलाई कसरी सामग्री तयार गर्ने भन्नेबारेमा नक्साङ्कन भइरहेको बताउँदै उहाँले शैक्षिक सत्र २०७४ देखि यसलाई विद्यालयमा पु¥याउने गरी प्रारम्भिक काम सुरु भएको उहाँले जानकारी दिनुभयो ।