४० जनालाई मृत्युदण्ड

0
351

एजेन्सी फागुन ७ । इराकमा १ हजार ७ सय जनाको हत्या अभियोगमा ४० जनालाई मृत्युदण्डको सजायँ हुने भएको छ ।
इराकको बग्दादमा रहेको केन्द्रीय अपराध अदालतले आतंकवाद विरोधी कानुन अनुसार सामूहिक हत्यामा संलग्न ४० जना विरुद्ध मृत्युदण्डको सजाय सुनाएको बिबिसीले उल्लेख गरेको छ ।
सन् २०१४ मा इराकमा रहेको अमेरिकी सेनाको पूर्व अड्डामा भर्ना भएका १ हजार सात सय जनाको हत्यामा संलग्न भएका ४० जनालाई अदालतले मृत्युदण्डको सजाय सुनाएको हो ।
४७ जना विरुद्ध मुद्दा चलेकोमा सात जनालाई भने अदालतले सफाइ दिएको छ ।
इराकको उत्तरी क्षेत्रमा रहेको अमेरिकी सेनाको पूर्व सैन्य अड्डा क्याम्प स्पाइडर कब्जामा लिएर त्यहाँ रहेका १ हजार ७ सय जनाको हत्या गरिएको थियो ।
मृत्युदण्डको सजायँ सुनाइएका सबै इराकी नागरिक हुन ।