फागुन ७ एजेन्सी । अमेरिकी राष्ट्रपति बाराक ओमाबाले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउने सम्बन्धमा हस्ताक्षर गर्नुभएको छ । उत्तर कोरियाले फेरी स्याटलाइट परीक्षण गर्ने खुलासा गरेपछि अमेरिकाले त्यसको विरोधमा नयाँ प्रतिबन्ध लगाउन लागेको हो । अमेरिकाले उत्तर कोरियालाई दिँदै आएको आर्थिक सहयोग कटौती गर्ने जनाएको छ ।
अमेरिका र चीनले उत्तर कोरियामाथि लगाउने अन्य प्रतिबन्धका विषयमा छलफल गर्न संयुक्त राष्ट्र संघ सुरक्षा परिषदलाई बैठक बोलाउन पनि आह्वान गरेका छन् ।
मिसाइल परीक्षण गरी विवादित भएको उत्तर कोरियाले फेरी चाँडै नै स्याटलाइट परीक्षण गर्ने घोषणा गरेको छ ।
उत्तर कोरियाले अन्र्तराष्ट्रिय प्रतिबन्धको बेवास्ता गर्दै गरेको निर्णयको बिश्वभर आलोचना भएको छ ।
विश्वका केही देशले उत्तर कोरियामाथि आर्थिक कटौत गरि सकेका छन् ।