प्रधानमन्त्री ओली जम्बोटोली सहित भारत प्रस्थान

0
374

काठमाडौ, ७ फागुन। भारतको ६ दिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार नयाँदिल्ली प्रस्थान गरेका छन् । ओली ४६ सदस्यीय जम्बो टोलीको नेतृत्व गर्दै नेपाल वायुसेवा निगमको जहाजबाट दिल्ली प्रस्थान गरेका हुन् । भ्रमण टोलीमा प्रधामन्त्री ओलीकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री शक्ति बस्नेत लगायत छन् । प्रधानमन्त्री ओलीलाई विदाइ गर्न सभामुख ओनसरी घर्तीलगायतका सरकारका उच्च अधिकारीहरु विमानस्थल पुगेका थिए । ओलीले नयाँदिल्लीमा शुक्रबारदेखि नै राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ ।