काठमाण्डौ फागुन ८ । नेपाली काँग्रेसको जारी जिल्ला अधिबेसनको पछिल्लो परिरणाम अनुसार संस्थापन पक्ष निकै अगाडी रहेको छ । ४८ जिल्लामा सम्पन्न अधिबेसनको परिणाम अनुसार देउवा पक्षले मात्रै ११ जिल्लाको
सभापतिमा स्थान पाएको छ भने संस्थापन पक्षले ३७ जिल्ला कब्जा गरेको छ । देउवा आफ्नै जिल्लाको नेतृत्वमा पराजित भएसँगै महाधिबेशनबाट संस्थापन पक्षका उम्मेदवार नै बिजय हुने संकेत देखिएको छ । संस्थापन पक्षको उम्मेदवार भएको दावी गर्दै कार्यबाहक सभापति रामचन्द्र पौडेल सभापतिको प्रचारमा लागी सक्नु भएको छ ।
पार्टी बिभाजन भए पश्चात देखिएको मतभेद पूर्णरुपमा नमिल्दा काँग्रेसमा देउवा र संस्थापन पक्षको आ आफ्नै धार बिकसीत हुँदै गएको छ । त्यसैको फलस्वरुप काँग्रेसका नेता कार्यकर्ता दुई ध्रुवमा बिभिाजीत भएका छन् । जस्को परिणाम १३ औं महाधिबेसनमा छताछुल्ल हुने भएको छ ।