काठमाण्डौ फागुन १० । नेपाली काँग्रेसले आज बाँकी जिल्लामा जिल्ला अधिवेशन गर्दैछ ।
अहिलेसम्म ५५ वटा जिल्लामा अधिवेशन सकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । एक दुई दिन भित्रै जिल्ला अधिबेशन सक्ने निर्बाचन समितिको तयारी छ ।
आउँदो २० गतेदेखि महाधिवेशन हुने भएकाले तयारीका लागि पनि सूची आजदेखि बुझाउनुपर्ने भएकोले छिटै जिल्ला अधिवेशन सम्पन्न गराउन निर्देश गरिएको कांग्रेसले जनाएको छ ।
सभापति सुशील कोइरालाको निधनका कारण केही दिन स्थगित भएकोले जिल्ला अधिवेशन एक दुई दिन लम्बिन सक्ने कांग्रेसले जनाएको छ । आज सम्म सम्पन्न ५५ जिल्लाको अधिबेशनको परिणामबाट संस्थापन पक्ष ४० जिल्लामा अगाडी रहेकाले संस्थापन पक्षले १ जनामात्रै सभापतिको उम्मेदवार बनाएमा संस्थापन पक्षको जित सुनिश्चिीत बनेको छ ।