फाल्गुन १२, २०७२ पोखरबाट जोमसोमको लागि उडेको तारा एयरको बिमान बेपत्ता भएको छ । आज बिहान पोखराबाट जोमसोमको लागि ७.५० मा उडेको उक्त जहाजका पाइलटले पोखरा विमानस्थलको टावरसँग ८ बजे अन्तिम कुराकानी गरेका थिए ।
पोखराबाट जोमसोमको लागि उडेको उक्त जहाजका पाइलटले पोखरा विमानस्थलको टावरसँग फेरि भेटौंला, गुड डे भन्दै अन्तिम कुराकानी भएको पोखरा विमानस्थलले जानकारी दिएको छ । पोखरा बिमान स्थलसँगको संबाद पछि बिमान बेपत्ता भएको तारा एयरले जानकारी दिएको छ । बिमानमा चालकदलका तीन सदस्य र २० जना यात्रु सवार रहेका थिए । जसमा दुइ जना विदेशी र २ जना बालबालिका रहेका छन् । वरिष्ठ पाईलट रोशन मानन्धरले उडाएको उक्त जहाज खोजीको लागि पोखराबाट दुइवटा हेलिकप्टर पठाइएको छ । को(पाइलट डी नेम्कुल र एयरहोस्टेस रमा रावल रहेका छन् ।