तारा एयरमा परि ज्यान गुमाएका १७ जनाको शव पोखरा ल्याईयो,

0
556

फागुन १३ । तारा एयर दुर्घटनामा परी ज्यान गुमाएका मध्ये १७ जनाको शव पोखरा ल्याइएको छ । मुस्ताङकी विनिता भट्टचन, उनकी साढे २ वर्षीया छोरी र कृष्णलाल भट्टचनको शव पहिचान गरी आफन्तले घटनास्थलमै बुझेका छन ।
उनिहरुको शव मुस्ताङमै पोष्टमार्टम गरिने छ । पोखरा ल्याइएका शवहरु पोष्टमार्टम पछि मात्रै आफन्लाई बुझाइने प्रहरीले जनाएको छ ।
संकलित शवमध्ये विमानका वरिष्ठ पाइलट रोशन मानन्धर, मुस्ताङकी विनिता भट्टचन, उनकी साढे २ वर्षीया छोरी र कृष्णलाल भट्टचनको मात्र पहिचान हुने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
संकलित सबै शवहरुको अधिकांश भाग जलेको अवस्थामा रहेको छ । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय र मृतकका आफन्तले उद्धारमा सहयोग गरेका थिए ।
पोखरा विमानस्थलमा मृतकका आफन्त र सर्वसाधारणको ठूलो भिड लागेको छ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान म्याग्दीको दाना गाविस–१ स्थित सोलीघोप्टे भीरमा बुधबार दुर्घटना हुँदा विमानमा रहेका सबै २३ जनाको मृत्यु भएको थियो । यसै बिच सरकारद्धारा गठित छानबिन समितीले आजै देखि काम सुरु गरेको छ । समितीले नेपालमा हवाई दुर्घटना हुनुको कारण तथा न्युनिकरणका उपायहरु समेत सरकारलाई बुझाउने छ ।