एजेन्सी काठमाडौं, फागुन १३ । आम नागरीकले प्राय नसोच्ने प्रश्न हो धनि मानीस कहाँ बस्छ भनेर । समाजमा सबै किसिमका मानिसहरुको बसोबार रहेको हुन्छ । तर एक अध्यायनले चीनको राजधानी बेइजिङ विश्वकै सबैभन्दा धेरै अरबपति बसोबास गर्ने शहर भएको तथ्याँङक देखाएको छ ।
चीनलाई आधारभूमि बनाएर काम गर्दै आएको संस्था ‘हुरुन’ले निकालेको रिपोर्ट अनुसार बेइजिङले न्यूयोर्कलाई उछिन्दै सबैभन्दा धेरै अरबपतिहरुको बस्ने शहरको स्था लिएको देखाएको छ।
बेइजिङमा अहिले सय जना अरबपतिहरु बस्दै आएका छन् भने न्यूयोर्कमा यस्तो संख्या ९५ रहेको छ । गत वर्ष बेइजिङमा ३२ जना नयां अरबपति थपिएका थिए भने न्यूयोर्कमा चारजना मात्र अरबपति थपिएको हुरुनले जनाएको छ ।
हुरुनले विगत पांच वर्षदेखी वार्षिक रुपमा विश्वका धनीहरुको सूची सार्वजनिक गर्दै आएको छ ।