बेलायती राजकुमार नेपाल आउँदै !

0
447

काठमाडौं, फागुन १३एजेन्सी  । बेलायती महारानी एलिजावेथ द्वितीयका कान्छा नाती अर्थात बेलायती राजकुमार प्रिन्स ह्यारीको नेपाल भ्रमणको मिती सार्वजनिक भएको छ । उनले चैत ७ देखि १० गतेसम्म ४ दिन नेपालको भ्रमण गर्ने निश्चित भएको हो ।prins
बेलायतको केन्सिङटन प्यालेसले बिहिबार राजकुमार ह्यारीको नेपाल भ्रमणबारे जानकारी दिएको हो । जानकारी अनुसार भ्रमणका क्रममा राजकुमार ह्यारीले विनाशकारी भूकम्पका पीडितहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ ।
राजकुमारले नेपाल भ्रमणका क्रममा पोखरास्थित गोर्खा सैनिक क्याम्पको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ ।