काँग्रेसको नीति तथा कार्यक्रम प्रति नेताहरु असन्तुष्ट

0
402
नेपाली काँग्रेश

काठमाडौं, फागुन १३ । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले पार्टीको नीति तथा कार्यक्रम प्रति असन्तुष्टि प्रकट गरेका छन् ।
१३औं महाधिवेशनमा प्रस्तुत गरिने नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिंदै नेताहरुले आर्थिक सम्बृद्धी, संविधान कार्यान्वयनको ठोस प्रतिवद्धता, कांग्रेसको अगुवाईमा अब चार वर्षमा गरिने ठोस कार्यक्रम आउन नसकेको भन्दै असन्तुष्टी जनाएका हुन् ।
मधेस समस्या र नाकबन्दीको बारेमा नीति तथा कार्यक्रममा नयाँपन नभइ पुरानैको निरन्तरता मात्रै भएको भन्दै नयाँ पन दिनु पर्ने आवाज आएको हो ।
कांग्रेसका कार्यबहाक सभापति रामचन्द्र पौडेल नेतृत्वको समितिले तयार पारेको नीति तथा कार्यक्रम माथिको बहस सकिएपछि केन्द्रीय समितिमा विधान बारे छलफल हुनेछ ।
आजको बैठकमा बिभिन्न समितीहरुले महाधिबेसनका सम्बन्धमा गरेको तयारीबारे जानकारी गराएका थिए । कांग्रेसको १३औं महाधिवेशन यही फागुन २० देखि २३ सम्म काठमाडौं हुंदैछ ।