बाबुराम भट्टराईको नयाँ शक्तिप्रति दाहालको चर्को आलोचना

0
717

 गोरखा,फागुन १६ । ए. नेकपा माओवादी अध्यक्ष पुष्पकम दाहालले नयाँ शक्ति अभियानका नेता बाबुराम भट्टराईको चर्को आलोचना सगेैं कार्यकर्तालाई कडा प्रतिवाद गर्न निर्देशन दिएका छन् । उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र केही केन्द्रीय सदस्यलगायत शुक्रबार गोरखा आएका दाहालले शनिबार प्रशिक्षणक्रममा दाहालले बाबुरामको नयाँ शक्तिलाई बूढेसकालमा माया गर्ने श्रीमती छाडेर केटीतिर लागेको संज्ञा दिए भने हलेदो भनेर चिनेपछि कोट्याइरहनु पर्दैन, बाबुराम पनि त्यस्तै हुन्। उखान टुक्का जोड्दै कार्यकर्तालाई हसाउँदै, भावुक हुँदै दाहालले बाबुरामको आलोचना दोहोर्याइइरहे। उनले बाबुरामको बहिर्गमनलाई सफलतापूर्वक प्रतिवाद गर्न र स्थानीय निकायदेखि संसद निर्वाचनसम्म विजय हासिल गर्ने बाटोमा अघि बढ्न कार्यकर्तालाई निर्देशनसमेत दिए। बाबुराम नहुँदैमा गोरखा जिल्लामा निर्वाचन परिणाम फरक नपर्ने दाबी गर्दै उनले कार्यकर्तालाई बाबुरामको भ्रम चिर्न आग्रह गरे।